Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता

रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ

रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिनुभयो ।

उहाँले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिनुभयो । “विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ” उहाँले भन्नुभयो ।

बेलहिया नाकाबाट भारतलगायत, अष्टे«लिया, नेदरल्याण्ड, चीनलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन् । स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएकोसमेत निगरानीमा राख्न र शङ्कास्पद भए ‘रेपिड एन्टिजोन टेष्ट’ गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

उहाँले जनजीवनलाई सामान्य गर्दै विदेशी पर्यटकलाई लक्षित गरेर सचेतना अपनाउने विषयलाई प्राथमिकता दिइएको उल्लेख गर्दै बुटवल उपमहानगरापलिका, तिलोत्तमा र देवदह नगरपालिका, ओमसतिया र रोहिणी गाउँपालिकामा १८ वर्ष उमेर माथिकालाई खोपको दुई मात्रा दिइएको बताउनुभयो ।

उहाँले जिल्लाका अन्य ११ पालिकामा पनि आजबाट नै खोपाको दुई मात्रा दिइने जानकारी दिँदै अहिलेसम्म रुपन्देहीमा खोपको पहिलो डोज लगाउने ६० प्रतिशत र दोस्रो डोज लगाउने ५० प्रतिशत भएको बताउनुभयो । सीमा क्षेत्रमा शङ्कास्पद भेटिएको नागरिकमा रेपिड एन्टिजोेन टेष्ट पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ ।

ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । जिल्लामा अहिलेसम्म कोभिड–१९ बाट ५५८ को मृत्यु भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.