Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८१, शुक्रबार

‘सभ्यसमाज निर्माणमा स्थानीय जागरुकताको आवश्यकता’

गुणस्तरीय विकाससंगै सभ्यसमाज निर्माणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका हुनेमा आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ

गुणस्तरीय विकाससंगै सभ्यसमाज निर्माणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका हुनेमा आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित म्युजियममार्ग टोल सुधार समितिद्वारा आयोजित भेलामा वक्ताहरुले लक्षित योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न स्थानीयवासीको जागरुकता अपरिहार्य हुने बताए ।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगीले भेलाको उद्घाटन गर्दै सामाजिक सङ्घसंस्थाले सुषुप्त अवस्थामा रहेको श्रमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो । महानगरले विशेष गरी सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा ढल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उहाँले सीमित स्रोतसाधनको बाबजुद पनि वडाको समग्र विकासमा निर्माणमा उपयोगकर्ता स्थानीय बासिन्दा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

खानेपानी उपभोक्ता समिति पोखरा १७ का अध्यक्ष कृष्णप्रसाद पौडेलले तीनै तहका सरकारको सहयोगमा वडामा ४५ किलोमिटर पाइप विस्तार गरिएको र साढे १८ किलोमिटर क्षेत्रमा पाइप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यो पनि पढनुस !!

पोखराको ठूलो र सवैभन्दा बढी जनघनत्व रहेको यस वडाको खानेपानीको पाइप विस्तारका लागि पोखरा महानगरपालिकाबाट रु ८५ लाख, स्व रवीन्द्र अधिकारीको पहलमा रु ३४ लाख र प्रदेशसभा सदस्य कृष्ण थापाबाट रु ५० लाख आर्थिक सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो । २०५१ सालमा विस्तार गरिएको जीर्ण अवस्थाको दुई इन्चको पाइपबाट खानेपानीको असुविधा झेल्दै आएका सो मार्गमा प्रदेशसभा सदस्य कृष्ण थापाको रु १० लाखको सहयोगमा तीन इन्चको पाइप विस्तार गरिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

समितिको सक्रियतामा सो मार्गमा रहेको लगभग ६ आना सार्वजनिक जग्गामा बहुउद्देश्यीय भवन निर्माण गर्ने तयारीसहितको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले त्यसका लागि सबै क्षेत्रका साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गर्नुभयो । शुभकामना आमा समूहका अध्यक्ष हीरादेवी अधिकारी र समाजसेवी लिलबहादुर जिसीले सभ्य समाज निर्माणसँगै भाषा, संस्कृतिको संरक्षणमा स्थानीय समुदायले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष अनवीर थापाले रु ९० हजार ४५३ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष पार्वती खड्काले स्वागत एवम् सचिव भगवान श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.