Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

पुजारी बज्राचार्यको हृदयघातबाट मृत्यु

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आउनुभएका एक गुर्जु (पुजारी) को हृदयघाटबाट मृत्यु भएको छ

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आउनुभएका एक गुर्जु (पुजारी) को हृदयघाटबाट मृत्यु भएको छ ।

हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आउनुभएका काठमाडौँ महानगरपालिका–४ बल्खु का रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृदयघातबाट गए राति निधन भएको मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

उहाँले मनकामनाको एक होटलमा बास बस्नुभएका पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको बताउनुभयो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीको एकटोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.