Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८१, शुक्रबार

खानेपानी आयोजना निर्माण

लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा रु एक करोड छ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ

लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा रु एक करोड छ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सो आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको छ ।

जिल्ला समन्वय समितिको रु ६० लाख र सो गाउँपालिकाको रु ४६ लाखको संयुक्त लगानीमा निर्माण भएको सो आयोजनाबाट २१६ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

एक हजार ७०० मिटर टाढाबाट लिफ्टिङ्ग सिस्टमबाट टावर डाँडामा ल्याइएको सो पानी दुई लाख ४० हजारको ट्याङ्कीमा सङ्कलन गरी खानेपानी स्थानीय २१६ घरपरिवारलाई उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष विदुर हुँमागार्इंले जानकारी दिनुभयो ।

कृषि तथा पशुपालनको क्षेत्रका रुपमा अगाडि बढेको सो क्षेत्रमा निर्माण भएको खानेपानी आयोजना महत्वपूर्ण भएको हँुमागाईंको भनाइ छ । मकवानपुरगढी वडा नं ४ का स्थानीयवासी विश्वनाथ रिमाल र रमणीप्रसाद घिमिरेद्वारा दान गरिएको जग्गामा सो खानेपानी ट्याङ्कीलगायत पूर्वाधारको निर्माण गरिएको टावरडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सत्रुघन दुलालले जानकारी दिनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.