Nepal Jana Khabar
हरेक जनताको खबर
१५ चैत्र २०८०, बिहीबार

अग्नीपीडित परिवारलाई राहत वितरण

हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ

हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ ।

वाग्मती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बुका अध्यक्ष पेमा ह्योल्मो, जिल्ला कमिटी सदस्य सिपी दुलाल, हेलम्बु–५ का अध्यक्ष मिङमार तामाङलगायतको टोलीले मङ्गलबार पीडित परिवारलाई भेटेर राहत सामग्री वितरण गरेको हो ।

टोलीले पीडित प्रतिपरिवारलाई रु १७ हजार, तीन बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायत वितरण गरेको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिनुभयो । सोमबार साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा सञ्च तामाङको गोठमा आगलागी हुँदा ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र पाँच वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको थियो ।

जरायोटारमा अन्तक्र्रिया कार्यक्रम

स्थायी पुनःनिर्माण तथा पुनःबास समिति मेलम्ची–११ जरायोटारको आयोजना तथा राष्ट्रिय युवा परिषद्को सहजीकरणमा एकीकृत बस्तीका वासिन्दालाई उत्पादनसँग जोड्ने विषयमा अन्तक्र्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद् प्रसाशकीय प्रमुख बाबुराम ढुङ्गानाले युवा उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड दिनुभयो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले उद्यम गर्न चाहनेका लागि कोषले तीन दशमलव दुई प्रतिशत ब्याजमा रु दुई लाखसम्म कर्जा उपलब्ध गराउने जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत धितालले बस्ती विकासका लागि नगरले कृषि शाखामार्फत काम गर्न सक्ने बताउनुभयो । आवास निर्माण भए पनि आयआर्जनको उपाय नहुँदा यहाँका बासिन्दामा निराशा छाएको पुनःबास समितिका सचिव रामकुमार सापकोटाले बताउनुभयो । समितिका अध्यक्ष टीकादत्त धितालले जरायोटार एकीकृत बस्तीलाई विभिन्न निकायसँग समन्वय गरी छिट्टै आयआर्जनसँग जोड्ने उल्लेख गर्नुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.