Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

ब्लड बैंक सञ्चालन गर्न आर्थिक सहयोग

भीमदत्त नगरपालिकाले ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखलाई रु चार लाख आर्थिक सहयोग गरेको छ

भीमदत्त नगरपालिकाले ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखलाई रु चार लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले चार वर्षदेखि निरन्तर रुपमा ब्लड बैंक सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्दै आएको छ । तीन वर्षसम्म रु तीन लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको नगरपालिकाले यस वर्ष एक लाख रकम बढाएर रेडक्रसलाई सहयोग गरेको छ ।“रगत अभाव हुन नदिनका लागि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आएका छौँ”, नगरप्रमुख सुरेन्द्र बिष्टले भन्नुभयो, “कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहना हो ।”

नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले नगरपालिकाले गरेको सहयोगबाट ब्लड बैंक सञ्चालनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । नौ स्थानीय तहमध्ये रेडक्रसलाई आठ स्थानीय तहले निरन्तर रुपमा ब्लड बैंक सञ्चालनका लागि प्रतिवर्ष सहयोग गर्दै आएका छन् । ब्लड बैंकले स्थानीय तहका रगतको अभाव भएका बिरामीलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ ।

बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएबापत विगतमा रु ७७० प्रतिपिन्ट शुल्क लिँदै आएकामा स्थानीय तहले ब्लड बैंक सञ्चालनका लागि आवश्यक रकम दिन थालेपछि निःशुल्क रुपमा रगत उपलब्ध गराउन थालेको शाखाका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टले बताउनुभयो ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

ब्लड बैंकमा रक्त सङ्कलनका लागि आवश्यक सामग्री, प्रयोगशाला, आवश्यक प्राविधिक र प्राविधिक कक्ष लगायतका सुविधा रहेका छन् । वार्षिक रुपमा छ सयदेखि एक हजार पिन्ट रगत खपत हुने गरेको छ । मासिक रुपमा भने ५० देखि सय पिन्ट रगत मात्रै खपत हुँदै आएको छ ।

सम्पूर्ण रगत जाँच गर्र्ने स्पिटर मेसिन नहँुदा त्यसका लागि कैलालीको धनगढी पठाउँदै आएको छ । सयदेखि तीन सय पिन्टसम्म रगत ३० दिनसम्म जगेडा राख्न सक्ने रेडक्रससँग क्षमता रहेको छ । रेडक्रसले रक्तसञ्चार केन्द्र (ब्लड बैंक) विसं २०५० देखि सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.