Nepal Jana Khabar
हरेक जनताको खबर
४ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

माअोबादी केन्द्र निकट तार्केश्वर नगरपालिकामा प्रेस सेन्टर नेपाल प्रथम अधिबेशन सम्पन्न

प्रेस सेन्टर नेपाल तार्केश्वर नगरपालिका अध्यक्ष सुनिता तिमिल्सिना

माअोबादी केन्द्र निकट तार्केश्वर नगरपालिकामा प्रेस सेन्टर नेपाल प्रथम अधिबेशन सम्पन्न । माअोबादी केन्द्र निकट प्रेस सेन्टर नेपालले तार्केश्वर नगरपालिकामा अधिबेशन आज सम्पन्न भयको छ । आज प्रेस सेन्टर नेपाल तार्केश्वर नगरपालिकाले आयोजना गरेको यश कार्यक्रम प्रेस सेन्टर नेपाल तार्केश्वर नगरपालिका अध्यक्ष सुनिता तिमिल्सिना र प्रमुख अथिती नेकपा माअोबादीका युवा नेता काठमाडौ जिल्ला अध्यक्ष हिमाल शर्मा लगायत अन्य विशेष अतिथिका साथ भब्यरुपमा सम्पन्न भयको हो ।

प्रेस सेन्टर नेपाल तार्केश्वर नगरपालिकाको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै नेकपा माअोबादीका युवा नेता एवमं कार्यक्रमका प्रमुख अतिथी हिमाल शर्मा ले कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै संचार क्षेत्र संसारकै शक्तिशाली क्षेत्र भयएको हुनाले आजको प्रविधिको विकास र सुचना र संचारको युगमा तथ्यमा आधारित समाचार निष्पक्ष रुपमा प्रसारण गर्नुपर्ने तर्क ब्यक्त गर्नु भयको छ। समाचारलाई तथ्यलाई विस्फोट नगर्दा विभिन्न ब्यक्तिहरुको डर धम्की र त्रासमा कुण्ठित भइरहँदा पत्रकारीता जगत स्थापित गर्नुपर्ने र पत्रकारहरु डर र धम्कीबाट मुक्त भई निष्पक्ष रुपमा समाचार प्रसारण गर्ने बाताबरण सृजना गर्न प्रेस सेन्टर नेपाल प्रतिबद्र रहेक‍ो बताउँदै तार्केश्वर नगरपालिकाको अधिबेशनबाट निर्वाचित मनोनयन भयका पदाधिकारीहरुले सुचनाको हकलाई पालाना गर्दै निष्पक्ष रुपमा जनताक‍ो आवाज उठाउने बिषयमा आफू विश्र्वस्त रहेको तर्क ब्यक्त गर्दै अधिबेशनबाट मनोनित हुनु भयका सम्पूर्ण सदस्यहरुलाई सफलताको शुभकामना पनि ब्यक्त गर्नु भयो ।

प्रेस सेन्टर नेपाल तार्केश्वर नगरपालिकाको प्रथम अधिबेशनमा बोल्नुहुदै प्रेस सेन्टर नेपाल काठमाडौं जिल्लाका सम्योजक सागर पन्तले समाजका विकृति विसङ्गतीको अन्त्य गर्दै पत्रकारहरुले जनताको पक्षमा सशक्त कलम चलाउनपर्ने पनि बताउनुभयो । तार्केश्वर नगरपालिकाको प्रथम अधिबेशनबाट मनोनित सदस्यीयले नितिगत एजेन्डा तयार गरि पत्रकारहरु हकहितको रक्षा गर्दै जनताको पक्षमा निष्पक्ष रुपमा कलम चलाउनपर्ने भनी आफ्नो भनाई ब्यक्त गर्नुभयो ।यसैगरी तार्केश्वर नगरपालिकाको प्रथम अधिबेशनलाई उपत्यकाका प्रदेश माहासचिव टेनिस रोकायाले सम्बोधन गर्दै पत्रकारले आफुमा भयको अहमता सच्याउनुपर्ने धारणा ब्यक्त गर्दै अधिबेशनबाट मनोनित पदाधिकारीहरुलाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

यो पनि पढनुस !!

यसै गरि प्रथम अधिबेशनमा बोल्दै राष्ट्रिय ईमेज समाचारका सम्पादक रामेश्वर भण्डारीले राज्यको चैथो अङ्ग संचार नै राज्यको शक्ति भएको भन्दै संचारको माध्यमबाट राष्ट्र बिकासमा टेवा पुर्याउनु पर्ने भन्दै आफ्नो महत्त्वपूर्ण भनाई राख्नुभयो । जनताको चासो र गुनासो लाई सम्बोधन गर्दै जनता विरुदका कार्यको प्रतिकार गर्नुपर्ने र पत्रकारले जनताको पक्षमा आवाज उठाउनुपर्ने आफ्ना भनाई ब्यक्त गर्दै जनताको पक्षमा आवाज उठाउने जनमुक्ति सेना पत्रकार नै भएको अौल्याउनुभयो । यसैगरि प्रेस सेन्टर नेपाल तार्केश्वर नगरपालिकाको प्रथम अधिबेशनमा बोल्दै उपत्यकाका प्रदेश ईन्चाज नबराज दाहालले संघियताको अभ्यास र संघियताको कार्यानयन हामीले गर्दै जानुपर्ने भएकाले संघियताको अभ्यासमा जोड दिदै पालिका स्तरमा प्रथम अधिबेशन भएको बताउँदै जनताकाे पक्षमा समाचार लेख्नुपर्ने तार्केश्वर नगरपालिकाको अधिबेशनबाट मनोनित भएर कार्य गर्ने पदाधिकारीहरुलाई आगामी दिनहरुमा जनताको आवाज उठाउने पक्षमा निरन्तर लागिरहनको सफलताको शुभकामना पनि ब्यक्त गर्नुभयो ।

यसैगरी प्रेस सेन्टर नेपाल तार्केश्वर नगरपालीकाको प्रथम अधिबेशनमा बोल्दै सह- ईन्चाज कृष्ण अधिकारीले आफू परिस्थिले जन्माएको पत्रकार भएको बिषयमा आफ्नो अनुभब प्रस्तुत गर्दै एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर आफू लागिपरेको बताउँदै अब बर्तमान समयमा कलमले कान्ति गर्नुपर्ने भएकोले पत्रकार आजको बर्तमान समयको सिपाही भएकोले शेसित पिडित जनताप्रति उतरदाई हुँदै उनिहरुको हक अधिकारको पक्क्षमा कलम चलाउनुपर्ने भनाई ब्यक्त गर्नुभयो । यसैगरी तार्केश्बर नगरपालिकाकाका अध्यक्ष राम कुमार थापा ले बिकृती बिसङ्गतीमाथी कलमले कान्ति गर्नुपर्ने र स्वस्छ पत्रकारीताले मात्र असल समाजको निर्माण हुने आफ्नो भनाई राख्दै प्रेस सेन्टर नेपाल तार्केश्बर नगरपालिका प्रथम अधिबेशनबाट निर्वाचित हुनुभयका पदाधिकारीहरुलाई जनताको पक्षमा काम गर्न सफलताको शुभकामना ब्यक्त गर्नु भयो । प्रेस सेन्टर नेपाल तार्केश्वर नगरपालिकाको प्रथम अधिबेशनमा उपस्थित अतिथिहरु ले पत्रकारको हकहित र जनताको पक्षमा कलम चलाउनुपर्ने भनाई राख्दै अधिबेशनबाट निर्वाचित सदस्यीयहरुलाई सफलताको शुभकामना दिनुभयको थिय‍ो ।

कार्यक्रम को अन्तेमा कार्यक्रका प्रमुख अतिथि नेकपा माअोकादी का युवा नेता एबम जिल्ला अध्यक्ष हिमाल शर्मा द्वारा तार्केश्वर नगरपालिको अधिबेशनबाट निर्वाचित अध्यक्ष सुनिता तिमिल्सिना , उपाध्यक्ष लिजा मगर, उपाध्यक्ष मिना गौतम , सचिक हरिस धिताल,कोषाध्यक्ष रेसमकला तिमिल्सिना ,सदस्यीयहरु प्रकाश कपाली,स्वस्तिका पोखरेल ,अर्जुन गौतम,नबराज प्रसाईलाई खादा लगायर स्वागत गर्नु भयो । प्रेस सेन्टर नेपालको सह – ईन्चाज कृष्ण अधिकारीले निर्वाचित सदस्यहरुलाई सफत ग्रहण गराई पदबाहिली गराउनुभयो । सम्पूर्ण पदाधिकारीहरुको पदबाहाली प्रेस सेन्टर नेपाल तार्केश्वर नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न भयो । आज प्रेस सेन्टर नेपाल तार्केश्वर नगरपालिकाले पालिमा स्थानमा प्रथम अधिबेशनको आयोजना गरि सुनैलो ईतिहास रच्ने नयाँ अबसर प्राप्त गरेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.