Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै

बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ

बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब भिड्दै छन् ।

शुसितम सेमिफाइनमा गोकुलेश्वर स्टार क्लब चौसेरालाई १३२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कैलपालले जागृति युवा क्लब, सर्मोलीलाई चार विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । शुसितमका लागि कप्तान गोपाल कार्की, सुदीप कार्की, अशोक कार्की र जनक कार्की मुख्य खेलाडी हुन् । यस्तै कैलपालका लागि प्रदीप चन्द, महेश चन्द र राजु भाट भरपर्दा खेलाडी हुन् । उपाधि जित्न दुवै टोलीको ध्यान यी खेलाडीलाई चल्न नदिने हुनेछ ।

यो पनि पढनुस !!

शुसितम लिग चरणमा कैलपालसँग सात विकेटको हारको बदला लिने रणनीतिमा छ भने कैलपाल उपाधि रक्षा गर्ने दाउमा छ । घरेलु मैदान र दर्शकको साथले शुसितम च्याम्पियन बन्ने प्रबल सम्भावना छ । यसका साथै गत महिना गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुला गोकुलेश्वर टि–२० क्रिकेट च्यालेञ्ज प्रतियोगिताको फाइनल खेलमा कैलपालसँग सुपरओभरमा हारेको बदलासमेत लिने अवसर शुसितमलाई छ ।

सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा यही कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरी १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु ७७ हजार ७७७ र उपविजेताले रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिनुभयो । यस्तै म्यान अफ द सिरिजलाई रु पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई रु तीन हजार ३३३ प्रदान गरिने छ । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि वीरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदारले जितेको थियो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.