Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

निःशुल्क स्वास्थ्य शिविर

बडादशैंको अवसरमा दूधपोखरी गाउँपालिका–२ मा सञ्चालन गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ५०० जनाको स्वास्थ्य परीक्षण भएको छ ।

बडादशैंको अवसरमा दूधपोखरी गाउँपालिका–२ मा सञ्चालन गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ५०० जनाको स्वास्थ्य परीक्षण भएको छ । नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा विश्वराज दवाडी र डा खिलास दवाडीले बिरामीको परीक्षण गर्नुभएको थियो ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले व्यक्तिगत तबरबाट पनि यस खालका शिविर सञ्चालन गर्दै आएको डा दवाडीले बताउनुभयो । गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उहाँले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने बताउनुभयो ।

निजी स्रोतबाट बिरामीलाई झण्डै रु १५ लाख मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको समाजसेवी कालिकाप्रसाद दवाडीले जानकारी दिनुभयो । वडाध्यक्ष गोविन्द दवाडीले आगामी दिनमा यस्ता शिविर सञ्चालनका लागि गाउँपालिकाले पनि सहजीकरण गर्ने बताउनुभयो ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.