Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

अस्पतालको सेवा बन्द

जिल्ला अस्पताल पाँचथरले क्षतविक्षत बनेका संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालका सबै प्रकारका सेवा बन्द गरेको छ

जिल्ला अस्पताल पाँचथरले क्षतविक्षत बनेका संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालका सबै प्रकारका सेवा बन्द गरेको छ ।

अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको घटनालाई लिएर हिजो बेलुकी अस्पतालमा भएको आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेको भन्दै आजैदेखि सबै प्रकारका स्वास्थ्य सेवा बन्द गर्ने जनाएको हो । अस्पतालमा आगजनी भएकोमा संलग्नलाई कारबाहीको माग गरिएको छ ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा मृत्यु भएको थियो । आज प्रशासन र मृतक बालिकाका परिवारबीच घटनाको छानविन गर्नेलगायत चार बुँदे सहमति भएको छ ।

अस्पतालले विज्ञप्तिमा बालिकाको रगतलगायत केही जाँचको रिपोर्ट आउन बाँकी रहेकाले बालिकामा निदान हुन बाँकी रहेका रोगको जटिलतालेसमेत बालिकाको मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ । अस्पतालले उपचार प्रक्रियामा कुनै त्रुटि वा लापरवाही भएको आशङ्का भए छानविन गरी निष्कर्षमा पुग्न तयार रहेको जनाएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.