Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

दोभानमा आँखा उपचार केन्द्र

तिनाउ गाउँपालिकाको दोभानमा आँखा उपचार केन्द्र खोलिएको छ

तिनाउ गाउँपालिकाको दोभानमा आँखा उपचार केन्द्र खोलिएको छ । यसबाट उपचारका निम्ति स्थानीयवासीलार्ई सदरमुकाम तानसेन, रुपन्देही जिल्लाको भैरहवा र बुटबल जानुपर्ने बाध्यता हटेको छ । गाउँपालिका र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सहयोगमा खोलिएको सो केन्द्रमा सहायक नेत्र चिकित्सक र एक सहयोगीले दैनिक सेवा प्रदान गर्ने भएका छन् । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई भने पाल्पा वा रूपन्देहीमा थप उपचारका लागि सिफारिस गरिनेछ ।

गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले अब टोलटोलमा आँखा शिविर सञ्चालन गरी स्थानीय बासिन्दालाई उपचारमा सहज बनाइने बताउनुभयोे ।
उपाध्यक्ष दमयन्ती थापाले आँखासम्बन्धी ज्ञानको अभावले ढिला गरी उपचार गर्ने बानी रहेकाले समस्या समधानका निम्ति उपचार केन्द्र सञ्चालन गरिएको र यसबाट बालबालिका, महिला तथा वृद्धवृद्धाले बढी सुविधा प्रयोग गरी आँखालाई निरोगी राख्नुपर्नेमा जोड दिनुभयोे ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

नेपाल नेत्र ज्योति सङ्घका जिल्ला सचिव भीमसेन कार्कीले सामान्य किसिमको समस्या देखिए पनि उपचार गर्ने बानी नहुँदा पछि गएर आँखाको दृष्टि गमाउनु पर्ने समस्या बढ्ने हुँदा समस्या आउनेबित्तिकै उपचार गराउनुपर्ने र नियमित परीक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.