Nepal Jana Khabar
हरेक जनताको खबर
९ जेष्ठ २०८२, बिहीबार
ट्रेनडिंग

स्वास्थ्यचौकीलाई अक्सिजन मेसिन हस्तान्तरण

अर्घाखाँची दिगो विकास केन्द्रले हंसपुर स्वास्थ्यचौकीलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ

अर्घाखाँची दिगो विकास केन्द्रले हंसपुर स्वास्थ्यचौकीलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले स्वास्थ्यचौकलाई उक्त मेसिन प्रदान गरेको हो ।

मेसिन उपलब्ध भएपछि मालारानी गाउँपालिकाको हंसपुरवासी हर्षित भएका छन् । स्वास्थ्यचौकीमा अक्सिजन मेसिन नहुँदा मालारानी–६, ७ र ८ का बासिन्दा उपचारका लागि अन्यत्र जान बाध्य थिए । मेसिन उपलब्ध भएपछि कोभिड–१९ तथा अन्य स्वासप्रस्वासका रोगीको उपचारमा सहज हुने स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष नारायण अर्यालले बताउनुभयो ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

डा टण्डन र डा श्रेष्ठले सो मेसिन वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष अर्याल र स्वास्थ्यचौकीका प्रमुख दीपक पौडेललाई हस्तान्तरण गर्नुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.