Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

सबै वडामा स्वास्थ्य संस्थाः स्थानीयवासी उत्साहितसबै वडामा स्वास्थ्य संस्थाः स्थानीयवासी उत्साहित

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाका १५ वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन्

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाका १५ वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् ।

नगरपालिकाको ६ वटा वडामा स्वास्थ्य चौकी निर्माण भएर आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने बाँकी नौवटा वडामा भने आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै भवन निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वडा नं २, ४, १०, १४ र १५ मा स्वास्थ्य चौकी तथा वडा नं ७ मा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य संस्थाका लागि भौतिक संरचना निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । नगरपालिकाले सबै नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन भन्दै यसअगाडि नै सबै वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई नियुक्ति गरिसकेको रानाले बताउनुभयो ।

गत आर्थिक वर्ष २०७७÷७८ को चैत २५ गते नौ महिनामा निर्माणसम्पन्न गर्नेगरी नौवटा वडाको भवन निर्माणका लागि चितवनको भरतपुरस्थित न्यौपाने मल्टिप्रपोज कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । नगरपालिकाले प्रतिभवन रु ४३ लाख २४ हजार ८९५ नबढ्ने गरी ठेक्का सम्झौता आह्वान गरेकामा न्यौपाने मल्टिप्रपोजले प्रतिभवन रु २४ देखि २७ लाखसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सम्झौता गरेको छ ।

नगरपालिकाभित्र स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख रानाले बताउनुभयो । मध्यविन्दु–७ चोरमारामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने तयारीमा नगरपालिका जुटेको भन्दै नगरप्रमुख रानाले नवलपुर स्वास्थ्य चौकी र नयाँबेलाहनी स्वास्थ्य चौकीमा ल्याबसहितको भवनको स्तरोन्नतिको कार्य भइरहेको जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरुमा औषधि र स्वास्थ्यकर्मीको दरबन्दी पूर्ण रुपमा पूर्ति भइसकेको नगरप्रमुख रानाको भनाइ छ । नगरपालिकाको तीनवटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालनमा छन् ।

सहयात्री कप फुटबल हुँदै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ मा संरक्षणका लागि फुटबल प्रतियोगिता हुने भएको छ । सङ्कटापन्न अवस्थाका घडियाल गोही तथा एक सिङ्गे गैँडा संरक्षणमा योगदान पु¥याउन भन्दै प्रथम सहयात्री कप खुला नकआउट फुटबल प्रतियोगिता–२०७८ को आयोजना गरिएको हो ।

मध्यविन्दु–३ ब्रह्मस्थानमा रहेको ब्रह्मदीप सहयात्री क्लबको आयोजनामा आगामी असोज १० गतेदेखि फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष भानुभक्त पौडेलले जानकारी दिनुभयो । दसैँका अवसर पारेर सञ्चालन हुन लागेको फुटबल प्रतियोगिताबाट नारायणी नदीमा पाइने सङ्कटापन्न अवस्थाका घडियाल गोही र दुर्लभ एक सिङ्गे गैँडा संरक्षणको सन्देश दिइने अध्यक्ष पौडेलले बताउनुभयो ।

प्रतियोगितामा चितवनदेखि रुपन्देहीसम्मका करिब ३० वटा फुटबल क्लबहरुले सहभागिता जनाउने पौडेलको भनाइ छ । प्रतियोगितामा पहिलो हुने क्लबले उपाधिसँगै रु ४० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने खेल संयोजक लब पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको उपविजेताले रु २० हजार पाउने भन्दै पौडेलले प्रतियोगिता अवधिको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने बताउनुभयो । प्रतियोगिताबाट बचत भएको आम्दानीको केही प्रतिशत रकम संरक्षणसम्बन्धी कार्यक्रममा खर्च गरिने खेल संयोजक पौडेलको भनाइ छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.