Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

सनिललाई सफलता

ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ किलोमा आज पहिलो भएका छन्

ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ किलोमा आज पहिलो भएका छन् ।

नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरे ।

यो पनि पढनुस !!

यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पाँच स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबारै सकिएको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा भएको प्रतियोगिताको ५१ किलोमा एचटुओका रवीन थापा, ५७ किलोमा एपिएफका पुरन राई, ६३ किलोमा १३औँ सागका स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ७१ किलोमा एपिएफका विकास लामा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका थिए ।

विश्व च्याम्पियनसिपका लागि बक्सिङ सङ्घले गठन गरेको छनोट समितिले पाँचमध्ये उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले जानकारी दिनुभयो । विश्व च्याम्पियनसीप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सञ्चालन हुने छ ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.