Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

ओमनले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दियो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३७ ओभर दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटियो ।

ओमानका लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिएका हुन् । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुशी १२ रनमा आउट भए । सन्दीप गौडले आठ तथा आयन खानले सात रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले चार÷चार रन जोडे । कालिम उल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले नौ रन बनाए ।

यो पनि पढनुस !!

ओमानलाई सस्तैमा समेट्ने क्रममा तीव्रगतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । करण र सन्दीपले चार÷चार विकेट लिए भने शरद भेषवाकरले दुई विकेट लिए । सन्दीपले ८.१ ओभरमा दुई मेडनसहित १८ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै करणले आठ ओभरमा एक मेडनसहित २५ रन खर्चेर चार विकेट लिन सफल भए ।

शरदले छ ओभरमा एक मेडनसहित २१ रन खर्चेर दुई विकेट लिएका हुन् । आज नेपाल घरेलु टिम ओमनविरुद्ध जित निकाल्ने योजनामा रहेको छ । पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ । सिरिजअन्तर्गत गत मङ्गलबार भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै त्यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अमेरिकाले नेपाललाई छ विकेटले हराएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.