Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

बटाईको अण्डा स्वास्थ्यको लागि अति नै उपयोगी

आज धैरै व्यक्तिहरु बटाईको अण्डा सेवन गर्छन्।तर बटाईको अण्डा सेवनको के कस्तो फाईदा छ भन्ने विषयमा थोरै व्यक्तिहरु मात्र जानकार छन् ।जानेर होस् वा नजानेर धेरै व्यक्तिहरुले बटाईको अण्डा सेवन गरिरहेको छ। बजारमा कुखुराको अण्डा संगै बटाईको अण्डा बिक्रीले पनि बजार पाएको छ। बटाईको अण्डा सेवन गर्नु स्वास्थ्यका लागि निकै उपयोगी रहेको चिकित्सकहरुले बताएका छन्। मानिस यदि स्वास्थ्य जीवन बिताउन चाहने हो भने बटाईको अण्डा सेवन गर्न सुझाव दिएको छ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

बटाईको अण्डा दम, निमोनिया,रूघाखोकी, ग्याष्ट्रिक, मधुमेह रोगीका लागि उपयोगी हुने चिकित्सकहरु बताउँछन्। रक्तचाप घटाउने, शरीरमा भएको अनावश्यक टक्सिन निकाल्न समेत औषधीको रुपमा बटाईको अण्डा सेवनले स्वच्छ रहन मदत गर्ने चिकित्सकहरु बताउँछन्। किड्नी,लिभर, गलब्लाडरलाई स्वास्थ्य राख्नका लागि मदत गर्ने चिकित्सकहरुको भनाई छ। हड्डी भाँचिएको व्यक्तिहरुलाई पनि बटाईको अण्डा सेवन उपयोगी हुने चिकित्सकहरूको सुझाव छ। बटाईको अण्डा सेवनले हेमोग्लोबिन को मात्रा बढाउन मद्दत गर्ने चिकित्सकहरु बताउँछन्। यसैगरी रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न, यौन दुर्बलता हटाउन, रगत शुद्धीकरण गर्न, महिलामा हुने महिनावारीलाई नियमित गराउन, शारीरिक वृद्धि र दिमाग तेज बनाउन र शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ। चिकित्सकको सुझावअनुसार सबै व्यक्तिले बटाईको अण्डा सेवन गर्नु अति नै आवश्यक छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.