Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

पानी उचित समयमा पिउने गरौ

सजीब प्राणीलाई बाँच्नको लागि आवश्यक पर्ने एक पिउँने तत्व पानी हो। पानी सबैका लागि आवश्यक छ। पानी बिना बोटविरुवा, वनस्पति, पशुपंक्षी, मानिस लगायतका सम्पूर्ण प्राणीहरू पृथ्वीमा बाँच्नै सक्दैन। त्यसैले पानी सबैको लागि एक आवश्यक तत्व बन्न‌ पुगेको हो। तर पंशुपक्षी वनस्पतिको तुलनामा मानव एक विवेकशील प्राणी हो। हरेक मानव लामो समयसम्म बाँच्न चाहन्छन्। उसले हरेक कुरामा फरक तरिकाले सोच्न सक्ने क्षमतालाई आफूमा विस्तार गरेका हुन्छन्। पानी बिना आजको मानबजगतको अस्तित्व नै छैन भन्ने विषयमा मानिस जानकार छ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

पानी कसरी सही समयमा पिउने र सही समयमा पानी पिउँदा स्वास्थ्यमा के कस्तो फाईदा हुन्छ भन्ने विषयमा थोरै व्यक्तिहरूमात्र जानकार रहेको पाईन्छ। विशेषगरी पानी कुन समयमा पिउने र कुन समयमा पानी पिउँदा हाम्री स्वास्थ्य रहन सक्छौ भन्ने विषयलाई सबैले बुझ्नु अति आवश्यक एवम् जरूरी छ। बिहान उठ्नेबित्तिकै ३ ग्लास पानी पिउँदा यसले हाम्रो शरीरलाई सक्रिय गराउने चिकित्सकहरू बताउँछन्। यसैगरी नुहाईसकेपछि १ गिलास पानी पिउँदा ब्लड प्रेसरबाट मुक्त हुन सकिने चिकित्सकहरु बताउँछन्। खाना खानु ३० मिनेट अघि पानी पिउँदा खाना पचाउन मद्दत गर्ने र सुत्नु अघि १ गिलास पानी पिउने गर्नुपर्छ जसले हृदयघातको जोखिमलाई कम गर्ने चिकित्सकहरू बताउँछन्। हामी यदि रोगबाट मुक्त हुन र स्वस्थ शरीर बिताउन चाहन्छौ भने उचित समयमा पानी पिउँनुका साथै पौष्टिक आहार सेवन गर्नु अति नै आवश्यक छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.