Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८१, बिहीबार

उपत्यकाको तीनवटै जिल्ला कोरोना संक्रमणको जोखिममा

कोरोना भाईरसको जोखिम हालसम्म पनि कायम रहेको।

‌ विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आजका दिन सम्म धैरै ब्यक्तिहरूको जनजीवन प्रभावित बन्न पुगेको छ।

यसैगरी उपत्यकाको तीनवटा जिल्लाहरूमा संक्रमणको दर उच्च रहेको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ जिल्लामा कोरोना भाइरसबाट संक्रिय संक्रमितको संख्या संख्या ७,६६३ ,निको हुने व्यक्तिको सङ्ख्या २२,०८९६ रहेका छन् भने मृत्यु हुने व्यक्तिको सङ्ख्या २,०५० रहेको गरी जम्मा संक्रमितको संख्या २३,०६०९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो पनि पढनुस !!

यसैगरी भक्तपुर जिल्लामा सक्रिय संक्रमितको संख्या १,४८१ रहेको छ भने निको हुने व्यक्तिको संख्या २४,८४१ रहेको छ भने मृत्यु हुने व्यक्तिको संख्या ४०४ गरी जम्मा संक्रमितको संख्या २६,७२६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैगरी ललितपुर जिल्लामा सक्रिय संक्रमितको संख्या २,२९२ रहेको छ भने निको हुने व्यक्तिको संख्या ४१,५९८ रहेको छ भने निको हुने व्यक्तिको संख्या ६२८ गरी जम्मा संक्रमितको संख्या ४४,५१८ स्वास्थ्य मन्त्रालयले जनाएको छ।कोरोना भाईरसको जोखिम हालसम्म पनि कायम रहेको हुनाले स्वास्थ्य सावधानी अपनाउनुपर्ने बिषयतर्फ सबैले ध्यान दिनु अति नै आवश्यक देखिन्छ।प्रकाश कपाली ‌(सम्वाददाता )

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.