Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८१, शनिबार

निषेधाज्ञाको कारण सदर चिडियाखाना आर्थिक रूपले गम्भीर संकटमा

करिब १४ करोड घाटामा जानुले सदर चिडियाखाना आर्थिक संकटमा रहेको ।

दैनिक तीन हजार अवलोकनकर्ता आउने ललितपुरको सदर चिडियाखाना लामो समयदेखि बन्द रहेको छ। लामो समयदेखि निषेधाज्ञाको कारण बन्द रहेको यस चिडियाखाना गम्भीर रुपमा आर्थिक संकटमा परेको छ।सदर चिडियाखाना आर्थिक संकटमा परेसँगै जीवजन्तुलाई खाना खुवाउन र कर्मचारीलाई तलब दिन समस्या रहेको र निषेधाज्ञाको कारण सदर चिडियाखानाको कार्य सञ्चालन र व्यवस्थापनमा चुनौती रहेको र करिब १४ करोड घाटामा जानुले सदर चिडियाखाना आर्थिक संकटमा रहेको राष्ट्रिय प्राकृतिक संरक्षण कोषले जनाएको छ।

यो पनि पढनुस !!

राष्ट्रिय प्राकृतिक संरक्षण कोषले सदर चिडियाखानामा १९९ प्रजातिका एक हजार ९८ वटा जीवजन्तु,३३ स्तनधारी,६१ प्रजातिका चराचुरुङ्गी,८ उभयचर,१७ प्रजातिका माछा,३८ दुर्लभ जीवजन्तु मध्ये १५ प्रजातिका जनावर संरक्षण गरी पर्दशन गरिरहेको बताएको छ। दक्षिण एसियाली क्षेत्रको नागरिकहरूलाई ५०० रूपैयाँ, नेपाली नागरिकहरूलाई १५०, ज्येष्ठ नागरिकलाई ९० रूपैयाँ शुल्क चिडियाखानाले लिने गरेको हाल कोरोना भाइरसको जोखिमले बन्द भएको कारण आर्थिक रूपमा असर परेको हो।प्रकाश कपाली ‌(सम्वाददाता )

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.