Nepal Jana Khabar
हरेक जनताको खबर
४ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

आज जनै पूर्णिमा : तागाधारीले यज्ञोपवीत धारण गर्दै

नेपाल आफैमा बहुधार्मिक,बहुसांस्कृतिक देश हो। प्रत्येक वर्ष नेपाल भारत लगायतका देशमा बसोबास गर्ने व्यक्तिहरुले जनैपूर्णिमा मनाउने गरिन्छ। पुरानो जनैलाई परित्याग गरी नयाँ जनै धारण गर्ने यस पर्वको आफ्नै धार्मिक र विशेषता रहिआएको छ। जनैपूर्णिमाको आफ्नै धार्मिक र सांस्कृतिक महत्व रहिआएको छ। परम्परागत कालदेखि वर्तमान समयसम्म हिन्दू धर्मालम्बीहरुले भगवानको पूजा गर्दै, नदीमा स्नान गरेर जनै धारण गर्ने गर्दछन्। जनैपूर्णिमालाई मेलमिलाप र एकताको पर्वको रुपमा पनि लिन सकिन्छ। यसदिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई रक्षाबन्धन गर्दै दीर्घायु र स्वास्थ्यलाभको कामना गर्दछन्। यसदिन सबैको घरघरमा मिसिएको गेडागुडी संगै मिठा मिठा परिकारहरु आफ्ना परिवारका सदस्यहरूसँग भेटघाट गर्ने प्रचलन रहिआएको छ। क्वाटीमा पोषणयुक्त तत्व भएको हुनाले स्वास्थका लागि एकदमै महत्वपूर्ण फाईदा हुने चिकित्सकहरु बताउँछन्। विशेषगरी नेवार समुदायका व्यक्तिहरुले जनै पूर्णिमाको दिनलाई गुन्हु पूर्णि भनेर भन्दछन्। यसदिन भात खान नहुने नेवार समुदायका व्यक्तिहरुले बताउँछन्। धर्ममा आस्था राख्ने व्यक्तिहरू संसारिक बन्धनबाट मुक्त भई ईश्वरसँग नजिक हुने पर्वको रुपमा जनैपूर्णिमालाई व्याख्या गर्दछन्। प्रत्येक वर्ष हिन्दू र बौद्ध धर्मालम्बीहरुले मनाउने यस पर्व धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त महत्वपूर्ण रहेको छ।प्रकाश कपाली ‌( सम्वाददाता )

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.