Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

नेपाल आईडलको चौथो संस्करण सुरु हुँदै

सांगीतिक क्षेत्रमा लाग्न चाहने व्यक्तिहरुको लागि खुसिको खबर।

सांगीतिक क्षेत्रमा लाग्न चाहने व्यक्तिहरुको लागि अघि बढ्ने बढाउने माध्यम नेपाल आईडल बनेको छ। नेपाल आईडलबाट थुप्रै प्रतिभाशाली व्यक्तिहरु संगीत क्षेत्रमा स्थापित हुन समेत सफल भएका छन्। त्यतिमात्र नभईकन नेपाल आईडल बाट सञ्चालन हुने यस कार्यक्रमलाई एपिवान एचडी मिडियाले नियमितरुपमा प्रसारण गर्दा यस कार्यक्रमले आम दर्शकलाई मनोरन्जन प्रदान गरेकोले नेपाल आईडलबाट हुने कार्यक्रम लोकप्रिय बन्न पुगेको छ।
यसैगरी नेपाल आईडलको प्रथम ,दोस्रो र तेस्रो संस्करणलाई आम दर्शकले रुचाए सँगै कोरोना भाइरसको महामारी बाबजुद पनि नेपाल आईडलको चौथो संस्करणमा प्रवेश गरेसँगै डिजिटल अडिसन सुरु भएको छ। पहिलो दोस्रो र तेस्रो संस्करण भन्दा अझ थप राम्रो बनाउने उद्देश्यले नेपाल आईडलमा संगीत क्षेत्रमा चर्चित परिचित गायक गायिकालाई निर्णायकको पदमा नियुक्त गरेको छ। यहाँ चौथो संस्करणको लागि निर्णायक पदमा गायक सुगम पोखरेल,गायक शम्भुजित बास्कोटा, गायिका सुबानी मोक्तान नियुक्त भएका छन्। नेपाल आईडलको परिवार हुन पाएकोमा आफू सौभाग्यशाली भएको निर्णायक शम्भुजित बास्कोटाले बताएका छन्। यसैगरी आफू नेपाल आइडलमा प्रवेश गरेसँगै धेरै चुनौती रहेको र अझै प्रगति गर्दै जानुपर्ने प्रगति गर्न/गराउन आफु विश्वस्त रहेको निर्णायक सुगम पोखरेलले बताएका छन्। यसैगरी निर्णायक सुबानी मोक्तानले नेपाललाई आईडलको निर्णायक पदमा रहेको कारणले सबैको साथ र सहयोग चाहेको र आवश्यक सल्लाह सुझाव दिनुपर्ने बताएका छन्। यसैगरी नेपालि आईडलको चौथो संस्करण सँगै कार्यक्रम प्रस्तोतामा आसिक शाह र रेशमा घिमिरे नियुक्त भएका छन्।यसअघि नेपाल आईडलको निर्णायकको भूमिकामा गायक न्यु बज्राचार्य, गायिका इन्दिरा जोशी, गायक कालीप्रसाद बाँस्कोटा रहेका थिए। यसैगरी पहिलो संस्करणको कार्यक्रम प्रस्तोताको रुपमा रीमा विश्वकर्मा र सुशील नेपाल रहेका थिए। नेपाल आईडलको दोस्रो संस्करणमा प्रस्तोताको रुपमा रीमा बिश्वकर्मा र आशिफ शाह रहेका थिए। तेस्रो संस्करणमा कार्यक्रम प्रस्तोताको रुपमा आशिफ शह र माल्भिका विश्वास रहेका थिए। नेपाल आईडलको चौथो संस्करण कस्तो रहन्छ त ? नयाँ निर्णायहरूले, प्रस्तोताहरुले नेपाल आईडलमा निर्वाह गर्ने भूमिका कस्तो हुन्छ भन्ने विषयमा संगीतप्रेमी र आम दर्शकको चासोको विषय रहेको छ।प्रकाश कपाली ‌(सम्वाददाता )

यो पनि पढनुस !!

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.