काठमाडौं, पार्टीभित्र आफ्नो भूमिका नपाएपछि केही नेताहरूले अर्काे दलमा प्रवेश गरी भ्रामक प्रचार सुरु गरेका छन्। उनीहरूले “हामी गएपछि सबै सुधार हुनेछ” भन्ने संदेश दिएर जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्। विश्लेषकहरूका अनुसार, यस्तो कदम स्वार्थ र व्यक्तिगत लाभमुखी राजनीतिको स्पष्ट संकेत हो। यसले दलभित्रको एकतालाई कमजोर पार्दै जनता बीच असन्तुष्टिको वातावरण सिर्जना गरेको छ। विशेषज्ञहरूले मतदातालाई केवल दलको नारा होइन, उम्मेदवारको चरित्र, काम र स्थानीय प्रतिबद्धता हेरेर निर्णय लिनु आवश्यक भएको बताएका छन्।
ट्रेनडिंग