Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

नुवाकोट–१ बाट राजन गौतम (नकुल) को उम्मेदवारी घोषणा: जनताको जीवन परिवर्तन गर्ने दृढ संकल्प।

काठमाडौं।  नुवाकोट निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट राजन गौतम (नकुल) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नुवाकोटका स्थापित युवा नेताका रूपमा परिचित गौतम जेनजी  (Gen-Z) आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका नेता हुन्। जेनजी आन्दोलनका क्रममा घाइते भएका जेनजी  तथा सहिद परिवारप्रति उनले निरन्तर सहयोग र समर्थन गर्दै आएको स्थानीयहरूले बताएका छन्। सामाजिक न्याय, युवाको भविष्य र जनउत्तरदायी राजनीतिलाई आफ्नो मूल प्रतिबद्धता बनाएका गौतमले उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षा नभई जनताको जिम्मेवारीका रूपमा व्याख्या गरेका छन्। उम्मेदवारीबारे प्रतिक्रिया दिँदै गौतमले भने, “यो मेरो व्यक्तिगत चाहना होइन, जनताको दुःख–सुखसँग जोडिएको जिम्मेवारी हो। म प्रलोभन वा क्षणिक भावनामा होइन, सचेत विवेक र स्पष्ट दृष्टिकोणका साथ परिवर्तनको बाटोमा अघि बढेको हुँ।” स्थानीय जनसमस्या समाधान, युवाको रोजगारी, समावेशी विकास र सुशासनलाई मुख्य एजेन्डा बनाउँदै अघि बढेका गौतमको उम्मेदवारीलाई नुवाकोट–१ मा परिवर्तनको बलियो आशा का रूपमा हेरिएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.