काठमाडौं। निर्वाचन क्षेत्र नम्बर–६ अन्तर्गत तार्केश्वर नगरपालिकाबाट नेपाली कम्युनिस्ट पार्टीका नेता हिमाल शर्माले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। पार्टीका स्थानीय तथा केन्द्रीय नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न युवा समूह र जेन–जी आन्दोलनका समर्थकहरूले पनि शर्माको उम्मेदवारी उत्साहपूर्वक समर्थन गरेका थिए। हिमाल शर्माले नोमिनेशन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू लामो समयदेखि क्षेत्रका जनताको समस्या, आवश्यकता र विकासका मुद्दामा नजिकबाट काम गर्दै आएको बताए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गर्दै, पछिल्लो समयको युवापुस्ताको असन्तुष्टि र जेन–जी आन्दोलनका मुद्दा सशक्त रूपमा उठाउने योजना रहेको बताए। शर्माले आफ्नो लामो राजनीतिक यात्रा र सामाजिक अभियानलाई जोड्दै, “मैले विगतमा क्षेत्रका स्थानीय र युवाहरूका लागि निरन्तर काम गर्दै आएको छु। काठमाडौं–६ मा हिमाल शर्माको उम्मेदवारी दर्ता, क्षेत्रमा उत्साह र समर्थन जनताको आवाजलाई बलियो बनाउने मेरो लक्ष्य हो,” भने।अन्ने पार्टीका नेताहरूले उनलाई इमानदार, सालिन र जनतामुखी नेताका रूपमा चिनाएका छन्। नेताहरूको दाबी छ कि शर्मा काठमाडौं क्षेत्र–६ मा सकारात्मक परिवर्तनको प्रतीक हुने उम्मेदवार हुन्। स्थानीयवासीहरूले पनि लामो समयदेखि जनचासोका विषयमा सक्रिय रहँदै आएका शर्मा प्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। चुनावको तयारी अन्तर्गत शर्मा प्रत्यक्ष भेटघाट, घरदैलो अभियान र जनसंवाद कार्यक्रमलाई तीव्र बनाउने तयारीमा छन्। साथै, विभिन्न सामाजिक, युवा र पेशागत समूहसँग संवाद गर्दै क्षेत्रका समस्याको नजिकबाट अध्ययन गरेर समाधान प्रस्तुत गर्ने योजना रहेको छ।राजनीति विशेषज्ञहरूको अनुमान अनुसार, हिमाल शर्माको उम्मेदवारीले काठमाडौं–६ मा चुनावी प्रतिस्पर्धा अझ रोचक बनाएको छ। केही विपक्षी पार्टीका नेताहरूले पनि शर्माको लोकप्रियता र क्षेत्रीय सक्रियतालाई स्वीकार गर्दै, यस क्षेत्रको परिणाम सहज हुने बताएका छन्।
ट्रेनडिंग