झापा निर्वाचन क्षेत्रलाई लिएर सत्ता, स्वतन्त्र राजनीति र वामपन्थी धारबीच प्रत्यक्ष प्रतिस्पर्धा देखिन थालेको छ। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रभाव, स्वतन्त्र राजनीतिक धारका बालेन शाहको सक्रियता र अब नेकपाको तर्फबाट रञ्जित तमाङ मैदानमा उत्रिएपछि झापाको राजनीति थप चर्किएको हो। नेकपाले रञ्जित तमाङलाई उम्मेदवार बनाउँदै सामाजिक न्याय, वर्गीय मुद्दा र जनमुखी एजेन्डालाई प्राथमिकतामा राखेको जनाएको छ। पार्टीका अनुसार तमाङले श्रमिक, किसान र सीमान्तकृत समुदायका सवाललाई संसदसम्म पुर्याउने लक्ष्य राखेका छन्। यता ओली सत्ता र संगठनको बलमा प्रभाव जमाउने रणनीतिमा छन् भने बालेन शाह वैकल्पिक र विद्रोही राजनीतिको प्रतिनिधिका रूपमा चर्चामा छन्। यी तीन फरक धारको आमनेसामने भिडन्तले झापाका मतदातालाई स्पष्ट राजनीतिक छनोटको अवस्थामा पुर्याएको विश्लेषकहरू बताउँछन्। झापाबाट आउने नतिजाले केवल स्थानीय राजनीति मात्र होइन, आगामी दिनको राष्ट्रिय राजनीतिक दिशा पनि संकेत गर्ने अपेक्षा गरिएको छ।
ट्रेनडिंग