काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लव नेतृत्व र संयुक्त जेनजी आन्दोलनबीच कार्यगत एकता कायम भएको छ। दुवै पक्षबीच समसामयिक राजनीतिक, सामाजिक तथा नागरिक सरोकारका मुद्दामा संयुक्त रूपमा अघि बढ्ने सहमति भएको हो। कार्यगत एकतामार्फत भ्रष्टाचारविरुद्ध संघर्ष, सुशासन, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता तथा जनअधिकारका मुद्दालाई केन्द्रमा राख्दै साझा कार्यक्रम सञ्चालन गरिने बताइएको छ। नेताहरूले वर्तमान राजनीतिक अवस्थाले वैकल्पिक तथा परिवर्तनकारी शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको उल्लेख गरेका छन्। सम्झौताअनुसार आवश्यकताअनुसार संयुक्त आन्दोलन, दबाबमूलक कार्यक्रम तथा साझा धारणा सार्वजनिक गर्दै जनआन्दोलनलाई सशक्त बनाइने जनाइएको छ।
ट्रेनडिंग