Nepal Jana Khabar
हरेक जनताको खबर
९ चैत्र २०८२, सोमबार

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको स्पष्ट पारेका छन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको स्पष्ट पारेका छन्। भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले यस्तो दाबी गरेका हुन्।   पोस्टमा उनले २०७२ सालको भूकम्पपछि सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गरेको स्मरण गरेका छन्। “काभ्रेमा मात्र करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखादेखि देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ,” उनले लेखेका छन्। भूकम्प सुरक्षा दिवसको अवसरमा अब फेरि त्यस्तो विनाशकारी दिन नआओस् भन्ने कामना समेत उनले व्यक्त गरेका छन्।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.