Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

भारतको सोलनमा ग्यास सिलिण्डर विस्फोट, सल्यानका धनबहादुर विक परिवारसहित ९ नेपालीको मृत्यु

एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्की क्षेत्रमा भएको ग्यास सिलिण्डर विस्फोटपछि भीषण आगलागी भएको छ। यस दुर्घटनामा ९ जना नेपालीको ज्यान गएको छ। मृतक सबै सल्यान जिल्लाको सिद्धकुमार गाउँपालिका–२ का बासिन्दा हुन्। उनीहरू धनबहादुर विक र काशीराम विकका परिवारका सदस्य हुन्। धनबहादुर विकको परिवारमा ३३ वर्षीय धनबहादुर, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र छोरा राजन विकको मृत्यु भएको छ। घटनामा अन्य स्थानीय नागरिक र आगो निभाउने टोलीले तत्काल उद्धार प्रयास थालेको थियो। प्रारम्भिक अनुसन्धानले विस्फोट ग्यास सिलिण्डर फट्किएको कारण भएको संकेत गरेको छ। स्थानीय प्रशासनले राहत तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। नेपाली कुटनीतिक स्रोतले परदेशमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिइरहेको र प्रभावित परिवारलाई सहयोग पुर्याउने योजना अघि बढाइएको जनाएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.