Nepal Jana Khabar
हरेक जनताको खबर
९ चैत्र २०८२, सोमबार

समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले फिर्ता लिए नाम।

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका विभिन्न राजनीतिक दलका ८५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगले तोकेको समयसीमाभित्र नाम फिर्ता प्रक्रिया सम्पन्न भएको हो। निर्वाचन आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन अनुमति दिइएको थियो। सो अवधिमा उम्मेदवारहरूले आफैं उपस्थित भएर वा उपस्थित हुन नसकेको अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिएका हुन्। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ। नाम फिर्ता प्रक्रियापछि समानुपातिकतर्फको अन्तिम उम्मेदवार सूची अद्यावधिक गरिने र त्यसअनुसार मतपत्र छपाइ, सूची प्रकाशन तथा अन्य प्राविधिक तयारीलाई तीव्रता दिइने निर्वाचन आयोगले जनाएको छ। यस घटनाले राजनीतिक दलहरूको उम्मेदवार व्यवस्थापन, आन्तरिक रणनीति र चुनावी समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.