Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

माघ ३ गतेदेखि लागू हुँदै निर्वाचन आचारसंहिता! प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगको अन्तिम तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी पूरा गरेको जनाएको छ। आयोगका अनुसार आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसम्बन्धी हालसम्मको प्रगतिबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराइएको छ। आयोगले निर्वाचन प्रक्रिया व्यवस्थित, पारदर्शी र निष्पक्ष ढंगले सञ्चालन गर्न आवश्यक सबै कदम उठाएको जनाएको छ। निर्वाचन आचारसंहिता लागू भएपछि उम्मेदवार, दल र मतदाताले निर्धारित नियम र मर्यादाको पालना गर्नु पर्नेछ। आयोगले जनसामान्यलाई पनि आचारसंहिता पालनामा सहयोग गर्न अनुरोध गरेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.