Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

कांग्रेस–एमालेबीच चुनावी गठबन्धनको तयारी, निर्णायक छलफल सुरु।

काठमाडौँ आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच चुनावी गठबन्धनको तयारी सुरु भएको छ। राष्ट्रियसभा निर्वाचनमा बनेको सहकार्यलाई निरन्तरता दिने उद्देश्यले दुबै दल साझा रणनीति निर्माणमा जुटेका हुन्। नयाँ राजनीतिक शक्ति सक्रिय बन्दै गएपछि ठूला दलहरू पनि आपसी सहकार्यबारे गम्भीर छलफलमा उत्रिएका छन्। स्रोतका अनुसार नेतृत्व तहमा सीट बाँडफाँड, साझा उम्मेदवार र चुनावी अभियानको मोडालिटीबारे प्रारम्भिक संवाद भइरहेको छ। यसअघि राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको थियो, जसमा जनता समाजवादी पार्टी पनि सहभागी भएको थियो। सो गठबन्धन सफल मानिएपछि त्यसलाई प्रतिनिधिसभा निर्वाचनमा समेत निरन्तरता दिने तयारी गरिएको हो। राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस–एमालेबीचको सम्भावित गठबन्धनले चुनावी समीकरणमा ठूलो परिवर्तन ल्याउन सक्छ। यद्यपि औपचारिक निर्णय भने दुवै दलका केन्द्रीय समितिबाट हुन बाँकी रहेको बताइएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.