Nepal Jana Khabar
हरेक जनताको खबर
२१ पुष २०८२, सोमबार

यी हुन् कांग्रेसबाट समानुपातिकमा समावेश ११० उम्मेदवार (सूचीसहित)

काठमाडौं, १६ पुस। नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि कांग्रेसले बन्दसूची बुझाउन सकेको थिएन ।

मंगलबार बिहान मात्रै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहितका नेता सूची बुझाउन पुगेका थिए । तर त्यसपछि पनि सभापति देउवासँग सल्लाह गर्न नेताहरू आयोगबाट महाराजगञ्ज पुगेका थिए ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाइएको छ । बन्दसूचीमा २०६४ सालदेखिका समानुपातिक सांसदहरूलाई नराखिएको उनले बताए ।

कांग्रेसले बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा पदाधिकारीतर्फ सह-महामन्त्री भीष्मराज आङ्देम्बेले मात्र अवसर पाएका छन् । अन्य अधिकांश नयाँ अनुहार छन् ।

यसमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव र पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान पनि समेटिएका छन् । केही पूर्वमन्त्री र पूर्वसांसदले पनि यसमा मौका पाएका छन् ।

नेपाली कांग्रेसको समानुपातिक सूची (११०जना):
१ भीष्मराज आङ्देम्बे
२ गोपालमान सिंह
३ थलकुमार लिंखा
४ विजय सुब्बा (सोम्वाहाम्फे)
५ गीता गुरुङ
६ गीताकुमारी सेन्दाङ
७ सविता राई
८ प्रेमिका राना मगर
९ निर्मला गुरुङ
१० गोमाकुमारी भट्टराई
११ सुशीला ढकाल आचार्य
१२ रुक्मिणी देवी कोइराला
१३ रिना उप्रेती
१४ जमिल अख्तर मिया
१५ गोमा के.सी.
१६ डा. प्रमिला गच्छदार
१७ मनुमाया विश्वकर्मा
१८ चन्द्रेश्वर शर्मा खत्वे
१९ नगमा शाहिद
२० चन्दन झा
२१ मनहरि श्रेष्ठ
२२ सत्यनारायण चौधरी
२३ रामसुन्दर महरा
२४ कन्चनाकुमारी पासवान
२५ निनु कर्ण
२६ कविता यादव
२७ सुजाता देवी
२८ परमिला महतो
२९ औरमिला कुमारी यादव
३० मो. अन्सार खाँ
३१ डा. चन्द्रमोहन यादव
३२ महेन्द्र यादव
३३ रामनरेश कुशवाहा
३४ राजेन्द्र जयसवाल
३५ प्रियनका दास
३६ पवित्रा सुनार
३७ सहजान खातुन
३८ शान्ता कुमारी तामाङ
३९ नियती सिंह
४० ग्याल्जे शेर्पा
४१ पेम्वा छिरिङ तामाङ
४२ सेतेमान तामाङ
४३ महेन्द्र थिङ
४४ विनोद प्रकाश कायस्थ
४५ जगतबहादुर तामाङ
४६ गणेशमान चक्रधर
४७ भीमसेन दास प्रधान
४८ नारायण श्रेष्ठ
४९ डा. गंगालक्ष्मी अवाल
५० रेनुका काउचा मगर
५१ कमला राजभण्डारी
५२ शकुन्तला शर्मा
५३ अर्जुननरसिंह के.सी.
५४ श्रीविनोद भट्टराई
५५ सितादेवी देवकोटा
५६ सीता थपलिया (उर्मिला)
५७ उमा शिवाकोटी
५८ शर्मिला श्रेष्ठ
५९ छिरिङ डोल्मा शेर्पा
६० नरेन्द्रजंग थापा
६१ हरिशरण नेपाली
६२ संज्ञा पोखरेल पौडेल
६३ जगतबहादुर वराम
६४ आइबहादुर गुरुङ
६५ रोमी गौचन थकाली
६६ राधा कार्की
६७ माया राना
६८ इन्दिरा खनाल
६९ पार्वती आचार्य
७० संगीता घिमिरे
७१ सिर्जना मल्ल
७२ सुन्दर स्नेही
७३ रामानन्द चौधरी (ललन)
७४ झकबहादुर पुन
७५ पुष्पा श्रेष्ठ
७६ सुनिताकुमारी सुवेदी श्रेष्ठ
७७ तौला राना
७८ डा. चन्द्रमोहन यादव
७९ उषा राउत मिश्र
८० गंगा शाही
८१ कृष्णप्रसाद अधिकारी
८२ विमला गैरे
८३ रिता सिंह ओली
८४ मधु प्रसाद न्यौपाने
८५ मिनराज चौधरी
८६ सन्तप्रसाद चौधरी
८७ प्रतिमा चौधरी
८८ देविका नेपाली
८९ ललिता सुनार
९० दुखीराम लोनिया
९१ मिश्रीलाल यादव
९२ दिपनारायण वर्मा
९३ अकिल मिया
९४ धुर्वबहादुर मल्ल
९५ रोम रोकाय
९६ कालिवहादुर सहकारी
९७ पार्वती कुमारी गिरी
९८ ताराबहादुर लामा
९९ सरस्वती श्रेष्ठ
१०० मानवहादुर नेपाली
१०१ हजारी नेपाली वादी
१०२ करविर सिंह कार्की
१०३ यज्ञनिधि कोइराला
१०४ दिपेन्द्र बहादुर बम
१०५ विद्यादेवी तिमिल्सिना
१०६ रिताकुमारी चौधरी
१०७ प्रसिस महरा
१०८ कल्पना के.सी.
१०९ टेकबहादुर वि.क.
११० हरिना कामी

 

यो पनि पढनुस !!

प्रतिक्रिया
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.