काठमाडौं, २१ भदौ । संघीय संसद अन्तर्गत अन्तर्राष्ट्रिय सबन्ध तथा पर्यटन समितिको बैठक आज बस्दै छ । सो समितिका सचिव बबिता मिश्रका अनुसार बैठक बिहान १०ः३० बजे बोलाईएको छ ।
समिभ्तिको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका तथा चीन भ्रमणका बारेमा छलफल हुने जनाइएको छ ।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध तथा पर्यटन समितिमा प्रधानमन्त्री प्रचण्डको अमेरिका– चीन भ्रमणका बारेमा छलफल हुने भएको हो । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका जाँदैछन भने त्यहाँबाट सोझै उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कने छन् ।