Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

बुटवल, १९ भदौ। एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सोमबार रातिदेखि नै मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको भन्दै स्थगित गरिएको मतदान मंगलबार बिहान ८ बजेदेखि सुरु गरिएको हो ।

पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ ।

सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । अधिवेशनबाट ५ जना पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ ।

५ जना अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिष्पर्धा छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.