Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८२, मंगलवार
ट्रेनडिंग

सिंहदरबार जलाउने बालेनको खुलेआम धम्की

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’

विदाको दिन सरकारी नबर प्लेटको सवारी चलाउन पाइँदैन । आवश्यक परेको खण्डमा प्रशासनको अनुमतिपत्र चाहिन्छ । तर, शनिबार बालेन पत्नी सवार महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले कोटेशवरमा केही बेर रोकेपछि बालेन आक्रोशित भएको बताइन्छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.