Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

करिना कपुरको दोस्रो छोराको नाममा किन बन्यो ट्रोल?

भारतीय अभिनेत्री करिना कपुर र अभिनेता सैफ अली खानले केही समयअघि आफ्नो दोस्रो सन्तानलाई जन्म दिएका छन्। यस पटक पनि छोराका आमा बुबा बनेका उनीहरुले अहिलेसम्म बच्चाको अनुहार सामाजिक सञ्जालमा सार्वजनिक गरेका छैनन्। तर उनीहरुले आफ्नो छोराको नाम ‘जेह’ भनेर सम्बोधन गरिरहेका छन्।

invotech
करिनाले हालै सार्वजनिक गरेको आफ्नो नयाँ किताब ‘करिना कपुर खानको प्रेग्नेन्सी बाइबल’मा भने दोस्रो छोराको पूरा नामसहित फोटो पनि राखेको हिन्दुस्तान टाइम्सले जनाएको छ। जेहको पूरा नाम जहाँगीर अली खान हो र उनको फोटो करिनाको किताबको अन्तिम पानामा राखिएको छ। जेहको पूरा नाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमा ट्रोल बन्न थालेको छ।

यो पनि पढनुस !!

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक

कयौंले मिम बनाएर सैफअली खान र करिनाको नाम रोजाइलाई लिएर मजाक बनाइरहेका छन्। उनीहरु जेहको नाम भारतको चौथो मुगल राजा जेहांगीरको नामबाट राखिएको विश्वास गर्छन्। सैफ र करिनाले आफ्नो पहिलो सन्तान तैमुरको नाम पनि टर्कीका राजा तैमुरबाट प्रभावित भएर राखेको अनुमान गरिएको थियो। यसअघि पनि धेरैले तैमुरको नामलाई लिएर ट्रोल बनाएका थिए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.