काठमाडौं, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्रेको छ । गुरुङलाई ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नक्सालस्थित निवासबाट पक्राउ हो ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनीमाथि आरोप छ । उनी प्रहरीको फरारको सूचीमा थिए
ललिता निवास प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।
२०७७ सालमा विशेष अदालतले व्यवसायी गुरुङसँग दुई करोड रुपैयाँ धरौटी मागे थियो ।