Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८२, मंगलवार
ट्रेनडिंग

भोलि समाजवादी मोर्चा घोषणा गर्ने सहमति

काठमाडौं, ३ असार । भोलि सोमबार समाजवादी मोर्चा घोषणा गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीबीच भोलि समाजवादी मोर्चा गठन गर्ने सहमति भएको हो ।

समाजवादी मोर्चाको औपचारिक घोषणा भोलि राष्ट्रिय सभागृहमा गरिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । यो मोर्चाको नेतृत्व सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति भइसकेको छ ।

मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ । यस्तै विप्लव नेतृत्वको नेकपा र वामदेव गौतम समेतलाई सहभागी गराउने बताइएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.