Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८२, मंगलवार
ट्रेनडिंग

मधेस सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

जनकपुर, २३ जेठ । मधेस सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । जसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । अर्थमन्त्री सञ्जय कुमार यादवले मधेस प्रदेश सरकारले नमुना १०० आयोजनाहरूको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन् ।

यादवका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिँदै मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.