Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

तिला गाउँपालिकाका १४ गाउँ छुइगोठ मुक्त

जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन्

जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन् । यहाँको गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छुइगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको जनाउँदै उहाँले भन्नुभयो, “छाउपडी प्रथा महिलाको वृत्ति विकासको बाधक हो, महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्यूनीरकरणका लागि यो अभियान एक नमूना कार्यकारुपमा अघि बढेको छ, हालसम्म गाउँपालिकाका १४ बस्ती छुइगोठ मुक्त भइसकेका छन् ।” बाँकी बस्ती छाउगोठ मुक्त हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

सर्वोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्ती छाउगोठ मुक्त कार्य अघि बढेको छ । स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका केन्द्रीय कार्यकारी निर्देशक धनबहादुर ऐरले बताउनुभयो ।

सो गाउँपालिकाले सन् २०२१ सम्म पूरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाई सक्ने रणनीति तयार पारेअनुसार सहयोग गरेकोे छ । छाउगोठ मुक्त बस्ती घोषणा गर्न महिनामा दुईपटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरिएको छ । प्रत्येक तीन महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण महिलामा परिवर्तन आएको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताउनुभयो ।

वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणाको तयारी गरिएको हो । सरकारले छाउपडीउन्मूलन निर्देशिका ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन । निर्देशिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्धारण गरेको छ । यो निर्देशिका गाउँसम्म पुग्न सकेको छैन । तिला–४ का स्थानीयवासी सिर्जना शाहीले भन्नुभयो, “हाम्रो समाजमा छाउपडी प्रथाले हिंसा बढाइरहेको छ, महिला हिंसाको एक प्रमुख कारण छाउपडी प्रथा हो ।”

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.