Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

तीस बालबालिका अपहरित

नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन्

नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा परेका हुन् ।यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि केही बालबालिका अपहरणमा परेका थिए ।

यहाँ सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले ती बालबालिका अपहरण गरी लगेको बताइएको छ । यद्यपि सो समूहले भने जिम्मेवारी लिएको छैन । यहाँ यसअघि पनि बोको हराम समूहले बालबालिकालाई विद्यालयबाट नै अपहरण गरी लग्ने गरेकाले यी ३० जना पनि सोही समूहले लगेको प्रहरीले अनुमान गरेको छ ।

यो पनि पढनुस !!

उक्त विद्रोही समूहले विद्यालयबाट नै जबर्जस्त बालबालिकालाई अपहरण गरी लैजाने र आफ्नो विद्रोही समूहमा लगाउने गरेको छ । यहाँका प्रहरी अधिकारीले ती बालबालिकाको खोजी कार्य सुरु गरेको जनाएका छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.