Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

प्रलेस प्रतिभा पुरस्कार पोखरेललाई

गतिशील लेखक सङ्घ नेपालले यस वर्षको प्रलेस प्रतिभा पुरस्कार कवि तथा कथाकार मातृका पोखरेललाई प्रदान गरेको छ

प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको प्रलेस प्रतिभा पुरस्कार कवि तथा कथाकार मातृका पोखरेललाई प्रदान गरेको छ । प्रलेसको ७०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा संस्थाका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार पोखरेललाई रु १० हजार राशिको सो पुरस्कार वरिष्ठ प्रगतिशील साहित्यकार शान्तदास मानन्धरले प्रदान गर्नुभयो ।

सो अवसरमा प्रलेसका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीद्वारा लिखित ‘झुल्के घाम’ र तिला लेकालीद्वारा लिखित ‘साझा आकाश’ कवितासङ्ग्रह विमोचन गरिनाका साथै ‘त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ’को चर्चा गरियो ।

यो पनि पढनुस !!

एसईई आजदेखि सुरु, कति छन् परीक्षार्थी ?

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेल, प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्याय, महासचिव समिर सिंह, उपमहासचिव आरसी न्यौपानेलगायतले प्रलेसमा प्रादेशिक र महिला साहित्यकारका योगदान लेखिने जनाउँदै प्रगतिशील साहित्यको आन्दोलनलाई टुट्नफुट्न दिन नहुनेमा जोड दिनुभयो । विसं २००९ मा श्यामप्रसादलगायत स्रष्टाले स्थापना गरेको प्रलेसमा विभिन्न वामपन्थी आन्दोलनसँग सम्बद्ध प्रगतिशील साहित्यकार सम्मिलित हुनुहुन्छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.