काठमाडौ २१ भदौ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको असर लामो समय शैक्षिक क्षेत्रमा पनि परेको छ। कोरोना भाइरसको संक्रमणको जोखिम रहेको विषयलाई मध्यनजर गर्दै सरकारले जारी गरेको निषेधाज्ञा सँगै नेपालभरका सम्पूर्ण शैक्षिक क्षेत्र अघोषितरुपमा बन्द भएको थियो। निषेधाज्ञा सँगै बन्द भएको शैक्षिक संस्थाहरुले करिब २ वर्ष भर्चुअल कक्षा सञ्चालन गरे।
कतिपय व्यक्तिहरु अनलाईन समस्याको कारण भर्चुअल कक्षा पढाएका विषयवस्तुबारे अनविज्ञ रहे। केहीदिनअघि उपत्यकाका जिल्लाहरूको जिल्ला प्रशासन प्रमुखहरूको बैठकले निषेधाज्ञा हटाएसँगै उपत्यका निषेधाज्ञा पूर्णरुपले खुलेसँगै यसको प्रभाव देशका बिभिन्न भूभागहरुमा परेको छ। देशकै राजधानीको क्षेत्रमा पर्ने यस क्षेत्रमा निषेधाज्ञा खुलेसँगै अन्य क्षेत्रहरुमा पनि निषेधाज्ञा खुल्न थालेका छन्। निषेधाज्ञा खुलेसँगै विद्यालयहरुले स्थानीय तहको अनुमतिमा पठनपाठन कार्य सञ्चालन गर्न पाउने भएको छ। विद्यार्थीको पठनपाठन कार्य भौतिक उपस्थितिमा सञ्चालन हुने भएकाले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको जतिले मध्यनजर गर्दै पठनपाठन सञ्चालन गर्न सबै शैक्षिक क्षेत्रहरुलाई आग्रह गरेको छ। निषेधाज्ञा खुलेसँगै सरकारले गरेको आग्रहलाई सहर्ष स्वीकार गर्दै २ वर्षदेखि कोरोना भाईरसको महामारीका कारण बन्द भएको शैक्षिक क्षेत्रहरु खुल्ने क्रम जारी नै छ।