Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

सञ्चारमाध्यम र आजको आधुनिक समाज

सञ्चारमाध्यम मानवीय जीवनको एक अभिन्न अङ्ग

आजको आधुनिक युगमा सञ्चारमाध्यम मानवीय जीवनको एक अभिन्न अङ्ग बन्न पुगेको छ। त्यतिमात्र नभईकन सञ्चारमाध्यम बाट प्रसारण भएका नयाँ नयाँ समाचार र जानकारी मुलक सन्देश, ज्ञानगुनका कुरा, विश्वका विभिन्न क्षेत्रमा घटेका घटनाहरु, नयाँ-नयाँ आविष्कारहरू आदिको विषयमा जानकारी दिने काम सञ्चारमाध्यमले नै गरिरहेको छ।

सञ्चारमाध्यम अन्तर्गत विद्युतीय माध्यम,छापामाध्यम, वैकल्पिक माध्यम पर्दछन्।

यो तिन सञ्चारको माध्यमले हाम्रो समाज,राष्ट्र,विश्वमा घटेका राजनैतिक,आर्थिक,समसामायिक,सामाजिक,शिक्षा,विज्ञान-प्रविधि,दुर्घटना,मानिसका विचारहरुलाई जस्तोको त्यस्तै निष्पक्ष रुपमा प्रसारण गर्ने काम गरिरहेको छ।

विद्युतीय माध्यम रेडियो,मोबाईल,टेलिभिजन,अनलाईन,कम्प्युटर
आदिबाट दैनिकरुपमा सूचना प्रसारण भइरहेको छ। जसको कारण शिक्षित/अशिक्षित दुबै व्यक्तिहरुले विश्वमा घटेका समाचार सुन्न र हेर्न पाएका छन्।

यो पनि पढनुस !!

घरको नक्सा अनलाइनबाटै दर्ता

सुनेर र हेरेर विद्युतीय सञ्चारमाध्यमबाट धेरैजसो व्यक्तिहरुले नयाँ कुराको ज्ञान प्राप्त गरेका छन्। यसैगरी छापामाध्यम बाट दैनिकरुपमा समाचार प्रसारण  भईरहेको छ।

 

अखबार,पत्रपत्रिका,दैनिक,मार्सिक,वार्षिक,साप्ताहिक, पुस्तक आदिले पनि सञ्चारमाध्यमकै रूपमा काम गरिरहेका छन्। छापा माध्यमबाट प्राप्त समाचारलाई पढेर धेरै व्यक्तिहरुले नयाँ कुरा सिक्ने जान्ने र बुझ्ने अवसर पाएको छ।

यसैगरी सञ्चारमाध्यमको रुपमा वैकल्पिक माध्यमको भूमिका पनि अपरिहार्य छ। वैकल्पिक माध्यम अन्तर्गत पर्ने पर्चा, पोष्टर, पम्पलेट,तुल/ब्यानरले पनि सूचना दिई सञ्चारमाध्यमले रुपमा काम गरिरहेको छ।
विभिन्न स्रोतबाट प्राप्त समाचारलाई यदि सञ्चारमाध्यमबाट प्रसारण गर्न नसकिने हो भने विभिन्न स्रोतबाट प्राप्त समाचारको कुनैपनि औचित्य हुँदैन। त्यसैले सञ्चार /प्रविधि आधुनिक युगको दोस्रो आँखा हो। विभिन्न स्रोतबाट प्राप्त भएका समाचारलाई प्रसारण सञ्चारमाध्यमबाट गरिन्छ भने यसलाई प्रभावकारी रुपले प्रसारण गर्न प्रविधिको भूमिका अपरिहार्य छ।त्यसैले आज आधुनिक युगमा बाचिरहेका व्यक्तिहरुले सञ्चार प्रविधिको महत्वलाई बुझ्नु अति नै आवश्यक छ।प्रकाश कपाली (सह-सम्पादक)

 

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.