काठमाडौ । नुवाकोट। दुप्चेश्वर गाउँपालिका–घ्याङफेदीस्थित घ्यावरचौरमा झारफुक गर्न गएका एक धामी(झाक्री)को हत्या भएको छ। स्थानीयका अनुसार ३४ वर्षीय रनबहादुर तामाङको हत्या सोही स्थानका एक बिरामी व्यक्तिले गरेका हुन्। प्राप्त प्रारम्भिक जानकारीअनुसार बिरामी बुवा र छोराबीच झारफुकका क्रममा विवाद उत्पन्न भएको थियो। सोही विवाद चर्किँदै जाँदा छोराले झाक्री रनबहादुर तामाङमाथि आक्रमण गरी हत्या गरेको बताइएको छ। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने घटनास्थलमा प्रहरी पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ। घटनाको वास्तविक कारण र विस्तृत विवरणबारे थप अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ। यस घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।
ट्रेनडिंग