Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

प्रदेशसभा सदस्य पद गुमाएकालाई फेरि जिताइन्छः माधव नेपाल

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिबद्धता गरेका छन् ।

मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको  सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कर्णालीका आफु पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताए ।

उनले कर्णालीका नेताहरुको साथमा आफु रहेको भन्दै दृढताका साथ अगाडी बढ्न पनि आग्रह गरे । उनले भने ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बताउनुभयो की, उहाँले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो । उहाँहरुको प्रदेश सभाको सदस्यता धरापमा छ । र मैले भनिसकेको छु तपाईंहरुको सदस्यता धरापमा छ भने यदी तपाइँहरुको सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । त्यसो हुनाले तपाईहरु दृढताका साथ अगाडी बढ्नुस् । हामी साथमा छौँ ।’

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

वरिष्ठ नेता नेपालले आफुहरु कसैको सामु शिर निहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे । आफुहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाई छ ।

उनले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर आफुहरु अगाडी बढ्ने बताए ।

 

 

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.