Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

स्पेनले आजै टुंग्याइदिन सक्छ जर्मनीको विश्वकप सपना

काठमाडौं, ११ मंसिर । विश्वकप फुटबलमा आज स्पेनसँगको भिडन्तले जर्मनीको आगामी यात्रा तय हुने छ। समूह ई का स्पेन र जर्मनी आज मध्यराति १२ः४५ बजे आमनेसामने हुँदैछन्।
जुन खेल जित्नै पर्ने दबाबमा जर्मनी छ।

यो खेल हारेको अवस्थामा जर्मनीको विश्वकप सपना समूह चरणमै टुंगिने लगभग निश्चित हुन्छ। समूहको पहिलो खेलमा स्पेनले कोस्टारिकालाई ७–० र जापानले जर्मनीलाई २–१ ले पराजित गरेका छन्।

उता जर्मनीलाई पराजित गरेको जापान कोस्टारिकासँग भिड्ने छ। जापानले कोस्टारिकालाई र स्पेनले जर्मनीलाई हराएको अवस्थामा जापान र स्पेनले एकसाथ अघिल्लो चरण तय गर्दा जर्मनी र कोस्टारिकाको भने एक खेलअघिनै समूह चरणबाट बाहिरिने निश्चित हुनेछ।

यो पनि पढनुस !!

पछिल्लो समय जर्मनीमाथि स्पेन हाबी छ। २०१० मा स्पेनले विश्वकप जित्दा जर्मनीलाई स्पेनले नै घर फर्काएको थियो। जर्मनीले २०१४ को मैत्रीपुर्ण खेलपछि स्पेनलाई हराउन सकेको छैन।

२०१८ मा खेलेका मैत्रीपुर्णमा १–१ खेलेका यी टोली २०२० को नेशन लिगमा पनि पहिलो खेल १–१ नै खेले। तर दोस्रो खेलमा स्पेनले जर्मनीलाई ६–० को फराकिलो जित हात पारेको थियो।

त्यसपछि भिड्न लाग्दा स्पेन त्यही नतिजा दोहो¥याउने दाउमा छ। जर्मनी जसरी पनि स्पेनलाई हराउनु पर्ने दबाबमा छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.