Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

२८ वर्षपछि समूह चरण पार गर्ने दाउमा साउदी अरेबिया

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार नेपाली समयअनुसार बेलुका पौने ७ बजे एसियाली मुलुक साउदी अरेबिया र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ।
एजुकेसन सिटीमा हुने यो खेलमा खाडी मुलुक साउदी अरेबियाको लागि २८ वर्षमा पहिलोपटक विश्वकपको समूह चरण पार गर्ने दाउमा रहनेछ।

पहिलो खेलमा समूहका बलियो मानिएको अर्जेन्टिनालाई २–१ गोल अन्तरले हराएको साउदी शनिबारको खेलमा उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिनेछ। शनिबारको खेलाम साउदी अरेबियाले जित हात पारे साउदी अरेबिया माथिल्लो चरणमा पुग्ने लगभग पक्काजस्तै हुनेछ। साथै बराबरी मात्रले पनि उसको सम्भावना बलियो नै रहनेछ।

साउदी अरेबिया पहिलोपटक सहभागिता जनाएको सन् १९९४ को विश्वकपमा यो टाली अन्तिम १६ सम्म पुगेको थियो। तर, त्यसयता भने साउदीले विश्वकपको समूह चरण पार गर्न सकेको छैन।

त्यसो त माथिल्लो चरणमा प्रवेशका लागि रोबर्ट लेवान्डोस्कीको पोल्याण्डका लागि पनि शनिबारको खेल निकै महत्वपूर्ण छ। पहिलो खेलमा मेक्सिकोसँग बराबरीमा रोकिएको पोल्याण्डले शनिबारको खेलमा जित हात पार्न नसके अन्तिम खेलमा अर्जेन्टिनासँगको खेल जित्नैपर्ने दबाब पोल्याण्डलाई हुनेछ। जुन, त्यति सजिलो भने रहनेछैन। त्यसैले पोल्याण्ड शनिबारको खेलमा जित हात पार्दै माथिल्लो चरणमा प्रवेशको लागि आफ्नो आधार बलियो बनाउन चाहन्छ।

इतिहास हेर्ने हो भने साउदी अरेबिया सधैं पोल्याण्डको अगाडि निरीह रहँदै आएको छ। अहिलेसम्म यी दुई टोली चारपटक आमनेसामने भएका छन्। यी चारै भेटमा पोल्याण्डले साउदी अरेबियालाई हराएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.