Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

कम्बोडियाका प्रधानमन्त्रीले आफ्ना जेठा छोरा आफूपछि प्रधानमन्त्रीको उम्मेदवार हुने बताए

कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नु अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवार मध्ये एक हुने बताउनु भएको छ

कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नु अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवार मध्ये एक हुने बताउनु भएको छ । ६९ वर्षीय हुनसेनले आफू सन् २०३० सम्म सत्तामा रहने र त्यसपछि आम चुनावमा प्रधानमन्त्री पदको उम्मेदवारमा मानेतको नाम दिने बताउनु भएको छ ।

‘म आज घोषणा गर्न चाहन्छु कि हुन मानेट प्रधानमन्त्री पदका उम्मेदवारहरू मध्ये एक हुनेछन् र म उनलाई यो पदका लागि पूर्ण समर्थन गर्दछुु ’ उहाँले दक्षिणपश्चिमी प्रीह सिहानोक प्रान्तमा सडक पूर्वाधारको उद्घाटन समारोहमा बोल्न क्रममा यो कुरा बताउनु भएको कम्बोडियाको एक टेलिभिजनले जनाएको छ ।
४४ वर्षीय मानेट हाल सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीको स्थायी समितिको सदस्य हुनुहुन्छ । उहाँ रोयल कम्बोडियन सशस्त्र बलका उप कमान्डर इन चीफ र रोयल कम्बोडियन सेनाको कमाण्डर पनि हुनुहुन्छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.