Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

सोमालियामा एचआइभी सङ्क्रमण घट्यो

पहिले पहिले एच आचआइभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको सङक्रमण घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्

पहिले पहिले एच आचआइभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको सङक्रमण घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।ती विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको सङ्क्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो ।

यहाँ १४ वर्षअघि निकै नै जोखिमको अवस्थामा रहेको एड्स सङ्क्रमणको अवस्था थियो सोमालियाको विशेष गरी उत्तरी क्षेत्र गारोए र बोसासामा, तर ती क्षेत्रमा पनि अहिले एड्सको सङ्क्रमण दरमा निकै नै कमी आएको पाएएको छ ।विश्व स्वस्थ्य संगठनका सोमालियाका लागि प्रतिनिधि माउमर रहमानले समयमै यसको परीक्षण गराउने एड्सको सङ्क्रमण देखिएपछि औषधि उपचार थाल्ने गर्दा यसको सङ्क्रमण घट्दै जाने देखिएको उहाँले बताउनुभएको छ ।

यही डिसेम्बर १ मा आयोजना गरिने विश्व एड्स दिवसका आवसरमा विश्व स्वास्थ्य संगठनद्धारा सो तथ्यांक अधि सारिएको छ ।सो संगठनले पछिल्ला वर्षहरुमा अफ्रिकाका देशहरुमा समेत एड्सको सङ्क्रमण दर घट्दै गएको पनि देखिएको बताइएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.